बाबुराम दाहाल र मनोज भेटवाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका कानुनी सल्लाहकार बाबुराम दाहाल नै सक्रिय रुपमा लागेको खुलेको छ । सरकारको कानुनी सल्लाहकार महान्यायाधीवक्ता नै हुने भए पनि ओलीले दाहाललाई कानुनी सल्लाहकार नियुक्ति गर्दा नै अनेक कोणबाट प्रश्न उठेका थिए । नेकपाको स्थायी समिति बैठकमा शीर्षनेताहरु सबैले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि एमाले दर्ताको गृहकार्य सुरु गरिएको थियो ।
प्रधानमन्त्री ओलीका निकटहरुले एमाले ब्यूँताउनका लागि निर्वाचन आयोगमा पार्टी दर्ताका लागि पात्रहरुको खोजी गर्न थाले । त्यसक्रममा झापाका मनोज भेटवाललाई अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने तयारीमा सबै लागे । भेटवाललाई नै अध्यक्ष बनाउनका लागि माइन्यूट समेत गरियो । र, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको सूची तयार भयो । माइन्यूट गरी पार्टी दर्ताका लागि २०७७ असार १२ मा निर्वाचन आयोगमा जाने क्रममा भेटवाल अति बदनाम पात्र भएकाले उनको नाममा पार्टी दर्ता गर्नै नहुने भन्ने कुरा आयो । भेटवाल अति विवादित पात्र भएकाले माइन्यूटमा टिपेक्स नै लगाएर अन्तिममा बिराटनगरकी सन्ध्या तिवारीको नाम अध्यक्षमा राखी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको थियो । भेटवालको नाम अध्यक्षमा राख्दा नैतिक प्रश्न उठ्ने सूचना पाएपछि दल दर्ताका डिजाइनरहरुले अन्तिममा उनको नाम माइन्यूटमा टिपेक्ट लगाएर तिवारीको राखेका थिए ।
स्रोतका अनुसार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष वामदेव गौतम, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले स्थायी कमिटी वैठकमै औपचारिक रुपमा राजीनामा मागेपछि घेराबन्दीमा परेका ओलीले आगामी बाटोका बारे नेकपाका अन्य निकट नेताहरुसँग परामर्श समेत गरेका थिए । ओलीले संसदको अन्त्य गर्दै संकटकाल समेत लगाएर दल विभाजन सम्बन्धी यसअघि विवादमा परेर फिर्ता गरिएको अध्यादेश पुनः ल्याउन चाहेका छन् । आफूलाई राजीनामा दिन बाध्य पार्नेगरी पार्टीका शीर्षनेता अगाडि बढेपछि नेकपाबाट बाहिरिन परे पनि एमाले निर्माण गरी नेपाली काग्रेससँग सत्ता साझेदारी गरी अघि बढ्ने खेल अन्तर्गत नै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिन लगाइएको चर्चा राजनीतिक बृत्तमा सुरु भएको छ ।
एमालेको महासचिवमा धनुषाका मनिषकुमार उपाध्याय र सदस्यहरुमा दावा लामा, जयराम राउत, खगेन्द्रप्रसाद भूषाल, राधा पुरी, तारादेवी शाही, पवन बिष्ट, निलम पोख्रेल, किरण लामीछाने , उमेश महतो, उषा कुमारी झा, प्रदिप राज गिरी, पुर्णिमा तामाङ, निश्चल बस्नेत, सञ्जीव विष्ट, विनिता कार्की, विमला विष्ट रोक्का, अर्जुन बस्नेत, निराजन बस्नेत, हिरा बहादुर बास्कोटा, भगवती खड्का र अस्मिता सुनार रहेका छन् । यीमध्ये अधिकांश युवासंंघका कार्यकर्ता रहेको स्रोत बताउँछ ।
को हुन् मनोज भेटवाल ?
एमाले दल दर्ताका लागि अध्यक्षमा नाम तय भई माइन्यूट गरिसकेपछि टिपेक्स लगाइएका मनोज भेटवालले पुरानो बसपार्कको जग्गामा भ्यू टावर बिजनेश कम्प्लेक्स बनाउने भनेर ब्रिटिस र हङकङका लाहुरेहरुको ३० करोड रुपैयाँसमेत पचाएका छन् । त्यो ३० करोड रुपैयाँ खाइदिएकाले लाहुरेहरुको बिल्लीबाठ भएर कति त बाउन्स चेकमा प्रहरी हिरासतमा समेत बसेका छन् । कतिपय लाहुरे त सबै सम्पत्ति भेटवालले खाइदिएपछि करोडौंपतिबाट रोडपति हुन पुगेका छन् । तर भ्यूटावर भने अहिलेसम्म बनाउने अत्तोपत्तो पनि छैन ।
खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अमकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेका छन् । नयाँ बसपार्क र टुँडिखेलआसपासका आकासे पुलको लिज सम्झौतामा चलखेल गरी उनले १५ वर्षअघिदेखि रकम असुल्दै आएका छन् ।
टुँडिखेल, रत्नपार्क, जमल र नयाँबसपार्कको गेटसहित महानगरपालिकाभित्र नौवटा आकासे पुल छन् । तिनका २ सय १० सटर र शौचालयबाट प्रतिमहिना न्यूनतम साढे ३८ लाख रुपैयाँ संकलन हुन्छ । यसबापत ठेकेदार कम्पनीले महानगरपालिकालाई प्रतिमहिना एक लाख ८३ हजार रुपैयाँ मात्रै रोयल्टी बुझाउँछ । बाँकी ३६ लाख ६५ हजार रुपैयाँ ठेकेदार कम्पनीले लिन्छ । जसबाट महानगरपालिकाले प्रत्येक वर्ष चार करोड ३८ लाख रुपैयाँ गुमाउँदै आएको छ ।
यतिले मात्र नपुगेर मनोज भेटवलाले गतबर्ष टुँडिखेल नै अतिक्रमण गरी सटर बनाएर भाडामा लगाएका थिए । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीेले उनलाई टुँडिखेल कब्जा गरी सटर बनाएर भाडामा लाउन अनुमति दिएका थिए । जुन ब्यापक बिरोधपछि महानगरपालिकाले भत्काउन बाध्य भएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend