काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट प्रधाानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब बढिरहेकै अवस्थामा निर्वाचन आयोगमा असार १२ मा एमाले नामक पार्टी दर्ताका लागि निवेदन परेपछि यसले राजनीतिमा तरंग पैदा गरेको छ ।
नेकपाको मंगलबारको बैठकमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीले नै एमाले पार्टी दर्ता गर्न लगाएको प्रमाण आफूसँग भएको बताएका थिए । निर्वाचन आयोगमा एमाले पार्टी दर्ता भएपछि नेकपाभित्र पार्टी फुटाउन प्रधानमन्त्री ओली नै लागेको आशंका नेकपाका शीर्षनेताले गरेका छन् । एमाले दर्ताको अगुवाई गर्ने अध्यक्ष सन्ध्या तिवारीसहितका ब्यक्तिहरु नेकपाको कुनै कमिटीमा आवद्ध भएका परिचित अनुहार भने छैनन् ।
कतिपयले नेकपा फुट्ने हल्लासँगै लहडका भरमा दर्ता गरेको आशंका पनि गरिएको छ ।एमाले दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका छन् । दल दर्ताका लागि दिएको निवेदनमा एमालेले छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ । नेकपाको चुनाव चिह्न सूर्य हो ।
दल दर्ताका लागि दिएको निवेदनमा उपाध्यक्ष भगवती खड्काको नाम छ । त्यस्तै सचिवहरुमा अस्मिता सुनुवार, दावा लामा, जयराम राउत, खगेन्द्र भूसाल, राधा पुरी, हिराबहादुर बोहरा, तारादेवी शाही छन् ।
त्यसैगरी केन्द्रीय सदस्यहरुमा पवन बिष्ट, निलम पोखरेल, किरण लामिछाने, उमेश महतो, उषाकुमारी झा, प्रदीपराज गिरी, पुर्णिमा तामाङ, निश्चल बस्नेत, सन्जीव बिष्ट, विनिता कार्की, बिमला बिष्ट रोक्का छन् ।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend