Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले पार्टी दर्ताको निवेदनः प्रधानमन्त्री ओलीको निर्देशन कि युवाहरुको लहड ?


    बुधबार, असार १७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट प्रधाानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब बढिरहेकै अवस्थामा निर्वाचन आयोगमा असार १२ मा एमाले नामक पार्टी दर्ताका लागि निवेदन परेपछि यसले राजनीतिमा तरंग पैदा गरेको छ ।

    नेकपाको मंगलबारको बैठकमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीले नै एमाले पार्टी दर्ता गर्न लगाएको प्रमाण आफूसँग भएको बताएका थिए । निर्वाचन आयोगमा एमाले पार्टी दर्ता भएपछि नेकपाभित्र पार्टी फुटाउन प्रधानमन्त्री ओली नै लागेको आशंका नेकपाका शीर्षनेताले गरेका छन् । एमाले दर्ताको अगुवाई गर्ने अध्यक्ष सन्ध्या तिवारीसहितका ब्यक्तिहरु नेकपाको कुनै कमिटीमा आवद्ध भएका परिचित अनुहार भने छैनन् ।

    कतिपयले नेकपा फुट्ने हल्लासँगै लहडका भरमा दर्ता गरेको आशंका पनि गरिएको छ ।एमाले दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका छन् । दल दर्ताका लागि दिएको निवेदनमा एमालेले छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ । नेकपाको चुनाव चिह्न सूर्य हो ।

    दल दर्ताका लागि दिएको निवेदनमा उपाध्यक्ष भगवती खड्काको नाम छ । त्यस्तै सचिवहरुमा अस्मिता सुनुवार, दावा लामा, जयराम राउत, खगेन्द्र भूसाल, राधा पुरी, हिराबहादुर बोहरा, तारादेवी शाही छन् ।

    त्यसैगरी केन्द्रीय सदस्यहरुमा पवन बिष्ट, निलम पोखरेल, किरण लामिछाने, उमेश महतो, उषाकुमारी झा, प्रदीपराज गिरी, पुर्णिमा तामाङ, निश्चल बस्नेत, सन्जीव बिष्ट, विनिता कार्की, बिमला बिष्ट रोक्का छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार