Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजनीतिक संकट गहिरिंदै, प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए


    बुधबार, असार १७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थायी समितिको मंगलबारको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका शीर्षनेताले राजीनामा मागेपछि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

    मंगलबारको स्थायी समिति बैठकमा १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा माग गरेपछि ओलीले मन्त्रीहरुलाई छलफलका लागि बोलाएका हुन् । मन्त्रीहरुलाई बुधबार बिहान ८ बजे बालुवाटार बोलाइएको छ ।

    प्रधानमन्त्रीले बालुवाटार बोलाएको कुरा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नै सार्वजनिक गरेका छन् । साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको, सबै कामको जस आफूले मात्र लिन खोजेको आरोप स्थायी समिति बैठकमा बोल्ने नेताहरुले लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार