काठमाडौँ । नेपालको कोरोना संक्रमितमध्ये ६ प्रतिशत मात्रै समुदायस्तरको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् । उनले देशभर कोरोना संक्रमितको संख्या १३ हजार नाघेपनि संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेको दावी गरेका छन्।
मंगलबार नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रयणकै स्थितिमा रहेको दाबी गरे। उनले दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्ने तयारी रहेको समेत बताए।
उनले असार १५ गतेबाटै १० हजार जनाको पिसिआर परीक्षण गर्ने प्रतिवद्धता गरेका थिए। उनले देशभर ३३ वटा प्रयोगशाला पुर्याएर दैनिक १० हजार जनाको परीक्षण गरिने जनाए।
परीक्षण क्षमता बढाउन सरकारले निजी प्रयोगशालाहरूसँग सहकार्य गर्ने जनाए पनि अहिलेसम्म निजी प्रयोगशालाहरूले परीक्षण सुचारू गरेको छैन।
निजी प्रयोगशालाहरूलाई परीक्षण गर्न दिन मापदण्ड जारी गरिए पनि प्रयोगशालाहरूको अनुमगन नहुँदा परीक्षण सुरु भएको छैन। मन्त्रालयले निजी प्रयोगशालाहरूबाट दैनिक १५ सय देखि २ हजार जनाको परीक्षण गर्ने लक्ष्य लिएको छ।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend