Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आहा रारा गोल्डकपमा पाहुना टोली पराजित, एपीएफको अपराजित यात्रा कायम


    शनिबार, माघ ८ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा ।  नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

    पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा बीवाईएससी मिनेसोटा युएसए (अमेरिका)लाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफका लागि रबी थिङले २ तथा आभास लामिछानेले एक गोलको योगदान दिए । मिनेसोटाका लागि मिगल पेलाफक्स एक गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुआतमै बीवाइएससीले अग्रता बनाएको थियो । खेलको ४७औं मिनेटमा रिले उरीको क्रसमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै बीवाइएससीलाई अग्रता दिलाएका थिए । 

    तर, खेलको ७०औं मिनेटमा आवास लामिछानेले पेनाल्टीमा गोल गर्दै एपीएफलाई १–१ बराबरीमा पुर्‍याएका थिए । त्यसपछि सुपर सबको रूपमा मैदान प्रवेश गरेका रबी थिङ नायक बने । खेलको ८४औं र इन्जुरी समयको चौथो मिनेटमा मा रबीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए । खेलमा थिङ नै म्यान अफ दी म्याच भए । 

    अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । आइतबारको खेल नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब बिच हुनेछ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार