Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो: मध्यरातदेखि हजारौं यात्रुहरु सडकमै अलपत्र


    शुक्रबार, माघ ७ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो ।

    पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार