Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु, दुई घाइते


    बिहिबार, माघ ६ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभानमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । 

    मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका-१ थिङलाबुका ४५ वर्षीय निमा शेर्पा (च्याब्जु) रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

    मिक्वाखोला गाउँपालिकाको साँवा भन्ने ठाउँबाट दोभानतर्फ आउँदै गरेको मे१त ७४६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

    ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका १८ वर्षीय सहसञ्चालक नाल्बुका सञ्जीव लिम्बूलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । चालक कृष्ण शेर्पा भने जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार