Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमतको संख्या १ सय नाघ्यो


    बिहिबार, माघ ६ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । अर्घाखाँची जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघेको छ ।

    आज ३१ जनामा कोभिड संक्रमण पुष्टि भएसँगै अर्घाखाँची जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय १९ पुगेको हो ।

    आज सन्धिखर्क नगरपालिकमा १३, मालारानी गाउँपालिकामा ३, शितगंगा नगरपालिकामा १३ र पणिनी गाउँपालिकामा २ जना नयाँ संक्रमित थपिएका हुन् ।

    यससँगै अर्घाखाँची जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या ४ हजार ६ सय २५ पुगेको छ । यस्तै कोभिडबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार