Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रेस चौतारी नेपाल ताप्लेजुङको नेतृत्वमा वसन्त


    बिहिबार, माघ ६ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा वसन्त बालुङवा सर्वसम्मत चयन भएका छन् । बिहीबार सदरमुकाम फुङ्लिङमा भएको पाँचौँ अधिवेशनबाट पालुङवा अध्यक्षमा चयन भएका हुन् ।

    पालुङवाको नेतृत्वमा ११ कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा अमृता थलङ र मदन गौतम चयन भएका छन् । त्यस्तै  तेन्जिङ शेर्पा सचिव, गंगा लिङखिम र जितेन चेम्जोङ सहसचिवमा चयन भएका छन् । 

    कोषाध्यक्ष सङ्गीता कार्की चयन भएको अध्यक्ष वसन्त पालुङवाले बताए । यता सदस्यमा जुनिता ओझा, किरण गदाईली, लाक्पा शेर्पा र सुनिता रसाइली चयन भएका छन् ।

    केशव आर्चाय र रविना राई प्रदेश प्रतिनिधिमा चयन भएका छन् । तस्तै केन्द्रीय प्रतिनिधिका लागि सुवास आर्चाय र सहारा लंवा चयन भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार