Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्रोत नखुलेको ९ लाख ९० हजार रकमसहित २ जना पक्राउ


    बुधबार, माघ ५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । राजबिराज नगरपालिका–५ स्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ९० हजार रुपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा डाक्नेश्वरी नगरपालिका–५ बस्ने ३० वर्षीय राजेश चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिप मण्डल रहेका छन् ।

    भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी मोटरसाइकल चालक राजेश र मोटरसाइकलमा सवार दिलिपलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार