Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुर्गममा कोरोना संक्रमण बढ्दै, तयारी शून्य


    बुधबार, माघ ५ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ओखलढुंगा । दुर्गममा कोरोना संक्रमण दर उच्च देखिएको छ । ओखलढुंगामा ओमिक्रोन भेरियन्टको संक्रमण फैलिन थाले पनि स्थानीय तहको तयारी भने शून्य छ । स्वास्थ्य संस्थामा अत्यावश्यक औषधीसमेत नहुने गरेको उपभोक्ताको गुनासो छ । स्थानीय सरकार र सरकारी निकायले विद्यालय बिदा दिने बाहेक अरू कुनै कदम चालेका छन् । 

    गाउँका विद्यालय बन्द भए पनि सदरमुकाम र निजी क्षेत्रका विद्यालय भने सुचारु नै देखिएका छन् । यो हप्ता मात्रै १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले बताए । स्वास्थ्य सामग्री तथा औषधी व्यवस्थापन, संक्रमितको उपचारबारे समयमै ध्यान नदिए जिल्लामा भयावह अवस्था आउनसक्ने भन्दै नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । 

    ‘सरकारी निकाले चासो नदिएको पाइएको छ । यसले भोलिका दिनमा निकै चुनौती हुन सक्छ,’ पैरवी सञ्जालका  विएन श्रेष्ठले बताए । उनका अनुसार स्थानीय तह बढी सतर्क हुन जरुरी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार