Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमण बढेपछि चलचित्र ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड


    बुधबार, माघ ५ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट पोस्टपोन्ड गरेका छन् ।

    कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई स्थगित गरिएको निर्देशक थापाले जानकारी दिएका छन् ।

    थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण ‘म यस्तो गीत गाउँछु २’ निर्धारित समयमा प्रदर्शन नहुने जनाएका छन् । उनले अवस्था सामान्य भएपछि उही उत्साह र जोशका साथ प्रदर्शनको नयाँ मिति घोषणा गरिने जानकारी दिएका छन् ।

    म यस्तो गीत  गाउँछु २ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

    ma.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार