Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ताेलामा एक सयले बढ्याे सुनको मूल्य


    बुधबार, माघ ५ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साताकाे चाैथाे दिन नेपाली बजारमा सुनकाे मूल्य एक सय रुपैयाँले बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ ।

    यसअघि मंगलबार छापावाल सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ प्रतितोला एक हजार ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार