Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • धनुषको व्यस्तताले अलग्गिइन् ऐश्वर्या


    बुधबार, माघ ५ २०७८
    450
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। दक्षिण भारतीय अभिनेता धनुष र उनकी श्रीमति ऐश्वर्या रजनीकान्त वैवाहिक जीवनबाट अलग भइसकेका छन् । उनीहरुले गत सोमबार एक विज्ञप्ती जारी गर्दै आफूहरु अलग्गिएको घोषणा गरे ।

    यो जोडीले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुका यात्रा र लिंगा नामका दुई छोरा छन् । उनीहरु निकट स्रोतका अनुसार विवाहको सुरुवाती समयदेखि नै यो जोडीबीच खटपट सुरु भइसकेको थियो ।

    धनुष एकपछि अर्को फिल्ममा व्यस्त थिए । उनी फिल्मको सुटिङका लागि अधिकांश समय घरबाहिर रहन्थे । यो कुरा ऐश्वर्यालाई मन परिरहेको थिएन ।

    ‘धनुष निकै कामकाजी मान्छे हुन् । धनुष कुनै पनि घरायसी काम भन्दा आफ्नो व्यावसायिक कामलाई अगाडि राख्छन् । कैयौं यस्ता उदाहरण छन् कि उनले कामको प्रतिबद्धताका कारण परिवारलाई ध्यान दिन दिएनन् र त्यहीकारण शहरमा र आउटडोर सुटिङका लागि उनी हिँडिरहे’, स्रोतले भनेको छ ।

    स्रोतले ऐश्वर्यासँग केही खटपट हुनासाथ धनुषले नयाँ फिल्ममा हस्ताक्षर गर्ने गरेको दाबी गरेको छ । यद्यपि अलग्गिनु अघि दुवैले निकै छलफल गरेका थिए । ऐश्वर्यासँग अलग्गिनुअघि उनले फिल्म ‘अतरंगी रे’को सबै काम पुरा गरेका थिए । फिल्म हिट भएपछि उनले अलग्गिने निर्णय लिए ।

    अलग्गिए पनि उनीहरुले दुई छोराको रेखदेख सँगै गर्नेछन् । उनीहरुमध्ये कोही एकले कस्टडीको माग गरेका छैनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार