Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकामा आजदेखि नयाँ नियम लागू: के गर्न पाइन्छ, के पाइदैन ? [२७ बुँदे सूची]


    बुधबार, माघ ५ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणदर भयावह बन्न थालेपछि काठमाडौं उपत्यकामा मंगलबार राति १२ बजेदेखि थप कडाइ गरिएको छ।

    उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मंगलबार नै २७ बुँदे नयाँ आदेश जारी गरी विभिन्न प्रतिबन्ध लगाएका हुन्। 

    जारी आदेशअनुसार माघ मसान्तसम्म आमसभा, भेला, जुलुस गर्न पाइने छैन। गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्नेछ।

    यस्तै, भौतिक रूपमा उपस्थित गराउनु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना मात्र र माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिलाई मात्रै सहभागी गराउन पाइनेछ।

    यसैगरी, सिनेमा हल, डान्सबार, जिमखाना, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब स्वीमिङ पुल, फुटसल, पटके हाटबजार माघ १५ गतेसम्म सञ्चालन गर्न पाइने छैन।  

    हेर्नुहोस् सूची:

    11.jpg
    undefined

    22.jpg

    33.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार