Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पीएम कपको उपाधिका लागि आज एपीएफ र पुलिस भिड्दै


    बुधबार, माघ ५ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। पहिलो पटक टी–२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बुधबार हुँदैछ ।

    उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा बिहान १० बजे भिड्नेछन् । टस साढे ९ बजे हुनेछ । 

    राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुबै टोली बलिया छन् । दुबै टोलीको ब्याटिङ लाईन र बलिङसमेत बलियो छ । सेमिफाइनलकै तुलनामा हेर्ने हो भने आज ठूलो स्कोर बन्न सक्छ । 

    सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्काे विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गरेको थियो । १० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना गर्दै आएको थियो ।

    तर. आगामी महिना ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सहभागीता जनाउने भएपछि त्यसैको तयारी स्वरुप यस प्रतियोगिता टी–२० फर्म्याटमा आयोजना भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार