Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणदर उच्च बिन्दुमा पुग्दै, परीक्षण गरिएकामध्ये झन्डै ५० प्रतिशत संक्रमित


    बुधबार, माघ ५ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिन १० हजार बढी संक्रमित थपिएका छन् । २२ हजार ८ सय २८ जनाको नमुना परीक्षण गर्दा मंगलबार ४४.९ प्रतिशत अर्थात् १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार १७ हजार ४ सय ६५ जनाको नमुना परीक्षण गर्दा ३८.५५ प्रतिशत अर्थात् ५ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    यसअघि गत २८ वैशाख २०७८ मा ९ हजार ४ सय ५३ जनामा कोरोना संक्रमण भएको थियो । मंगलबार थपिएको नयाँ संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । हाल देशभर गरेर २८ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । भेन्टिलेटरमा रहेका मध्ये १८ जना बाग्मती प्रदेशका छन् भने प्रदेश १ का आठ जना र सुदूरपश्चिम प्रदेशका दुई जना छन् । त्यस्तै, देशभर १ सय ५१ जना संक्रमित आईसीयूमा छन् । १ हजार २ सय १८ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

    कोरोनाको तेस्रो लहरको यो संख्या अझै बढ्ने स्वास्थ्य मन्त्रालयले आंँकलन गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा नेपालमा कोभिड–१९ को अवस्था’bout प्रतिवेदन पेस गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले माघ महिनाको दोस्रो साता दैनिक संक्रमितको संख्या १९ हजार बढी हुन सक्ने बताए । मंगलबार मात्रै १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएसँगै स्वास्थ्य मन्त्रालयको आँकलनभन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरूको भनाइ छ । राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार