Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः इन्दिरा गान्धी भारतको प्रधानमन्त्रीदेखि टर्कीका पत्रकारको हत्या


    बुधबार, माघ ५ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज १९ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    इन्दिरा गान्धी भारतको प्रधानमन्त्री
    सन् १९६६ को १९ जनवरीमा भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री बनेकी थिइन् । प्रधानमन्त्री लाल बहादुर शास्त्रीको अकस्मात निधनपछि गान्धी इन्दिरा प्रधानमन्त्री बनेकी थिइन् । भारतकी प्रथम प्रधानमन्त्री गान्धीको  सन् १९८४ को ३१ अक्टोबरमा हत्या भएको थियो ।

     दोस्रो विश्वयुद्धमा अमेरिकाले देशद्रोहको सजाय सुनाएकी पत्रकार
    सन् १९१७ मा अमेरिकाका तत्कालिन राष्ट्रपति जेराल्ड फोर्डले द्धितीय विश्वयुद्धको समयमा  जापानबाट अमेरिकी सेनालाई सुचना दिन खटिएकी महिला इभा तोगुरी डी एक्विनोलाई क्षमा दिएका थिए । विश्वयुद्धपछि देशद्रोहको आरोपमा उनलाई अमेरिकाले ६ वर्ष जेल सजाय सुनाएको थियो । विश्वयुद्धमा क्रमशः सूचना थोरै दिन थालेपछि उनीमाथि अमेरिकाले शंका गरेको थियो ।

    टर्कीका पत्रकारको हत्या
    सन् २००७ को १९ जनवरीमा टर्कीका चर्चित पत्रकार हरान्त डिन्कको हत्या भएको थियो । सन् १९१५ मा अमेरिकाले गरेको नरसंहारलाई टर्कीले अस्वीकार गरेको भन्ने डिन्सको धारणप्रति असहमत जनाउने एक १७ वर्षीय युवाले उनको हत्या गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार