Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शान्ति मिसन: दक्षिण लेबनानमा खटिएकाे नेपाली सेनाले बनायाे कृषि पाेखरी र उद्यान


    मंगलबार, माघ ४ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण लेबनानमा खटिएको नेपाली सेनाको बर्दबहादुर गणले कृषि पोखरी र सार्वजनिक उद्यान निर्माण गरेको छ । 

    पूर्वी क्षेत्रका कमाण्डर रथी अरमाडा भेजक्वोज, नेपाली सेनाका महासेनानी कमल बानियाँ र ब्लिदाका मेयर हसन हिजाजीले संयुक्त रुपमा परियोजनाको उदघाटन गरे ।

    गणले ३१ ह्जार २ सय  अमेरिकी डलर लागतमा बनाएकाे पोखरी र उद्यान हालै मात्र हस्तान्तरण गरिएकाे छ । महासेनानी बानियाँले परियोजनाले शान्ति सैनिक र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाएको बताए । 

    नेपाली सेनाले सन् १९५८ देखि लेबनानबाट शान्ति स्थापना कार्यमा सहभागिता सुरु गरेको थियो । त्यहाँ कार्यरत बर्दहादुर गणले लेबनानको शान्ति र स्थायित्व कायम गर्न काम गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार