Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना


    मंगलबार, माघ ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिमकोट।  काेभिड-१९काे संक्रमण राेकथामका लागि हुम्लाकाे सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएकाे छ । साथै, अन्य जिल्लासँग जाेडिएका सीमा नाकामा कडाइ गरिएकाे छ ।

    सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको हाे । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमामा हेल्थडेस्क स्थापना गर्ने निर्णय पनि गरेकाे छ ।

    स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहका अनुसार बाजुरासँग जाेडिएकाे कवाडी  र मुगुसँगकाे जाच्चयामामा हेल्थडेस्क स्थापना हुनेछ ।

    सिमकोटबाट बाहिरिने र भित्रिने सबै यात्रुको विवरण संकलनकाे काम भइरेकाे छ । यसका लागि दुई जना स्वास्थ्यकर्मी खटाइएको छ ।
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार