Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेशमा आज सार्वजनिक बिदा


    मंगलबार, माघ ४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । प्रदेशको नाम र राजधानी पाएसँगै तत्कालीन प्रदेश दुई मा आज सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेशसभा बैठकबाट नाम मधेश र स्थायी राजधानी जनकपुरधाम  घोषणा भएसँगै उक्त प्रदेशमा मंगलबार बिदा दिइएको हो । 

    ‘मधेश सरकारले नाम र स्थायी राजधानी पाएको खुसियालीमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको छ,] मधेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 

    सोमबार भएको नाम र राजधानीको विषयको निर्वाचनमा दुई तिहाई भन्दा बढी मतले पारित भएको हो ।

    प्रदेशसभामा सभामुखसहित १०४ जना सांसद भए पनि मतदान प्रक्रियामा ९९ जना सांसदले मात्रै भाग लिएका थिए । प्रदेशको नामा ‘मधेश’ प्रदेशको विषयमा भएको मतदानमा खसेका ९९ मत मध्ये ८० मत पक्षमा परेको थियो ।

     त्यसैगरि, प्रदेशको स्थायी राजधानी जनकपुरधामको विषयमा भएको मतदानमा खसेको ९९ मत मध्ये ७८ मत पक्षमा परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार