जनकपुरधाम।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाएका भन्दै चर्को आलोचना गरेका छन् ।
मुलुकमा गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि राजनीतिक पार्टीले युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम नगरी लोकतन्त्रको नाममा उनीहरू लुटतन्त्र मच्चाएको उनले आरोप लगाए ।
मंगलबार जनकपुरमा पार्टीले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘गणतन्त्र आएको १५ वर्ष भइसकेको छ । युवाहरूलाई रोजगारी सिर्जना हुने एउटा पनि काम यी दलहरूले गर्न सकेन । यिनीहरूले देशलाई बेरोजगार युवाहरू उत्पादन गर्ने कारखानामा परिणत गरिदिएका छन् ।’
राजनीतिक दलहरूकै असक्षमताका कारण नेपालका ५५ लाख युवा वैदेशिक रोजगारका क्रममा देश बाहिर रहेको उनले बताए । उनले नेताहरूकै कारण स्वाभिमानी नेपाली बेरोजगार भएर अरवियनहरूको नोकर बन्न बाध्य भइरहेको बताएका थिए ।
विगतमा राजाले लिइरहेको सुविधा अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीले लिइरहेको बताउँदै अध्यक्ष लिङ्देनले भने, ‘राजाभन्दा पनि अहिले देशको साधन श्रोत दलहरूले खर्च गरिरहेका छन् । प्रत्येक पाँच वर्षमा राष्ट्रपति फेरिँदा पूर्व राष्ट्रपतिहरूलाई पनि सुविधा दिने जानेको हो, राज संस्थाको खर्च र अहिलेको व्यवस्थाको खर्च धेरै फरक हुन्छ ।’ उनले विगतको राजसंस्थाभन्दा अहिले गणतन्त्र खर्चिलो भएको बताए ।
राप्रपाका प्रदेश २ अध्यक्ष भरत गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था तराई, पहाड र हिमाल जोडने माध्यम रहेको बताएका छन् । दुई ठूला छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्न राजसंस्था आवश्यक रहेको डा. लोहनीले बताए ।न्युज कारखाना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend