सिन्धुपाल्चोक, २० पुस । नेकपा एमालेको नवौं जिल्ला अधिवेशनका लागि सिन्धुपाल्चोकले तयारी तीव्र पारेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको वर्तमान सचिव कमल नेपालले बताए ।
पार्टीको जिल्ला कमिटीको २५औं बैठकले विभिन्न उपसमिति बनाएर अधिवेशनको तयारी गरिरहेको छ । अधिवेशनबाट नेतृत्व लिनका लागि नेताहरूले प्रचार-प्रसार एवं तयारी थालिसकेका छन् ।
आगामी कार्यकालको अध्यक्षका लागि एमाले बागमती प्रदेश कमिटीका सदस्यसमेत रहेका बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै अध्यक्षमा वर्तमान सचिव एवं लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल पनि आकांक्षी छन् ।
त्यस्तै बागमती प्रदेश कमिटीका सदस्यसमेत रहेका/राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं वर्तमान जिल्ला कमिटी सदस्य अशोक चौलागाईं पनि अध्यक्षको आकांक्षी रहेका छन् ।
सचिवका लागि हालका वर्तमान उपसचिव सूर्य लामा, अनेरास्ववियूका पूर्व अध्यक्ष जेपी सिलवाल, अखिलका पूर्व अध्यक्ष एवं अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष चन्द्र थिङ लगायतका नेताहरूले सामाजिक सञ्जालमार्फत सचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका कृष्णगोपाल तामाङ पनि सचिवको आकांक्षीहरू रहेका छन् ।
सिन्धुपाल्चोकमा १९ हजार सङ्गठित सदस्यताको आधारमा केन्द्रीय महाधिवेशनमा प्रतिनिधिहरू छनोट भएका थिए । सबै सङ्गठित सदस्य मतदाता हुने र सर्वसम्मत नेतृत्व छनोट हुन नसके पालिका स्तरमा मतदानमार्फत नेतृत्व चयन हुने एमाले नवौं जिल्ला अधिवेशनका लागि निर्वाचन समितिका संयोजक भेषराम ढकालले जानकारी दिए ।
सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशन पौष २३ गते सिन्धुपाल्चोक जिल्लाको सुन्दर नगरी बाह्रबिसेमा हुँदै छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend