जनकपुरधाम । प्रदेश दुईमा राष्ट्रियसभाको दुई सदस्य पदका लागि चार दलका ६ जनाले उम्मेदवारी दिएका छन् ।
जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दुई पदका लागि चार दलबाट ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
सत्तारूढ गठबन्धन, कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टीको तर्फबाट १/१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २/२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट पर्साकी उर्मिला अर्यालले महिला कोटामा, जसपाबाट अन्य समूह कोटामा सिराहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरि, लोसपाबाट महिला कोटामा महोत्तरीकी रूपा यादव र अन्य समूहमा श्यामसुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट महिला कोटामा बिना साह र अन्य समूहमा उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend