अर्घाखाँची । यही मंसिर २३ गते हुने नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेकपा एमाले जिल्ला अधिवेशन प्रचार-प्रसार उपसमितिले सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा एमाले अर्घाखाँचीका प्रचार विभाग प्रमुखसमेत रहेका उपसचिव प्रेमनारायण गैरेले सबै उपसमितिहरूले आ-आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको जानकारी दिएका हुन् । कार्यक्रममा महाधिवेशन सम्पन्न गर्नका लागि गठन गरिएका विभिन्न उपसमितिका संयोजकहरूले तयारीको अवस्थाको विषयमा जानकारी गराएका थिए ।
एमाले सचिव टोपबहादुर रायमाझीले उद्घाटन गर्ने जिल्ला अधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र छ । जिल्ला नेतृत्वको लागि नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका नेता पीताम्बर भुसालले उम्मेदवारी घोषणा गरिसकेका छन् । नेतृत्वका लागि वर्तमान उपसचिव प्रेम गैरेको दाबी रहेको भनिए पनि गैरेले हालसम्म औपचारिक रूपमा घोषणा गरेका छैनन् ।
त्यस्तै जिल्ला सचिवको लागि वर्तमान सचिव तोजबहादुर रायमाझीले उम्मेदवारी घोषणा गरेका छन् । रायमाझी नेकपाको निरन्तरताको रूपमा पूर्व माओवादी खेमाबाट एमाले राजनीतिमा सक्रिय छन् ।
अधिवेशनमा सन्धिखर्कबाट ९९ जना, मालारानीबाट ७२ जना, शितगंगाबाट ६८ जना, पाणिनीबाट ६४ जना, भूमिकास्थानबाट ६१ जना, छत्रदेवबाट ५६ जना, शाखाबाट १५ जना, आयोजक कमिटीबाट १०० जना र मनोनीत २७ गरी ५६३ प्रतिनिधि सहभागी हुनेछन् ।
सबै प्रतिनिधि सर्वसम्मत रूपमा टुंगाएको एमालेले जिल्ला सम्मेलन पनि सर्वसम्मत रूपमै सकिने तयारी गरेको जनाएको छ । अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटीको निर्वाचन गर्नेछ ।
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend