काठमाडौं।प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा मंगलबार उखु किसानको समस्याबारे सरकारका विभिन्न मन्त्रालयका सचिवसँग छलफल थियो । छलफलमा सभापति भरतकुमार शाहले उत्तर प्रदेशको मोडल प्रस्तुत गरेर दीर्घकालीन समाधानका लागि नयाँ कानुन बनाउनुपर्नेमा जोड दिए । त्यसमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई, राजश्व सचिव कृष्णहरि पुष्कर र कृषि सचिव गोविन्दप्रसाद शर्माले सहमति जनाउँदै समितिबाट भएका निर्देशन कार्यान्वयनमा गइरहेको र केही भुक्तानी गर्न बाँकी रहेको सुनाए । उखु किसानको समस्या समाधानका लागि आफ्नो मन्त्रालय जुनसुकै निर्णय गर्न तयार रहेको बताए । तर सधै प्रतिबद्धता आउने र समाधान नभएको देखेका सांसदहरु भने रन्किए ।
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले आमरण अनसन बसेर घुँडा टेकाउनेसम्मको अभिव्यक्ति दिए । त्यसपछि माओवादीकै सांसद धर्मशीला चापागाईं १५ असोज २०७५ अर्थात तीन वर्ष अघि दिइएका निर्देशन अझै कार्यान्वयन नभएको, समस्या ज्युँका त्युँ रहेको भन्दै कड्किएकी थिइन् । सचिवहरूको जवाफ चित्तो बुझ्दो नभएको भन्दै यो विषयमा छलफल गर्न उनले कांग्रेस नेतासमेत रहेका सभापति शाहको ध्यानाकर्षण गराएकी थिइन् ।
धर्मशीला कड्किँदा माओवादीकै मोदीले चाहिँ चेतावनी दिए । ‘आगामी ६ महिनामा नीति बन्दै गर्छ, अहिले राज्यले नै ८/१० करोड वक्यौता देओस् । पछि उद्योगबाट असुल्न सकिन्छ,’ उनले भने, ‘राज्यले किसानको समस्या सुनेन, बाँकी भुक्तानी तत्काल दिएन भने माइतीघर मण्डलामा गएर आमरण अनसन बस्छु । किसानसँगै अनसन बसेर घुँडा टेकाउँछौं ।’
मोदीको चेतावनीपछि बोलेकी कांग्रेस सांसद पार्वती डिसी चौधरीले माहोल शान्त पार्न खोजिन । उनले आफ्नै सरकार भएको बेला अनसन बस्ने कुरा नगर्न अनुरोध गरिन । ‘माननीयज्यूले अनसन बस्ने कुरा नगर्नुस् । आफ्नै सरकार छ । समस्या समाधानका लागि सरकारलाई भन्नुपर्छ,’ उनले भनिन् ।
उनी त्यतिमै रोकिइनन्, समस्या समस्या समाधान नहुनुमा कसको कमजोरी हो भनेर प्रश्न गर्न थालिन । ‘मन्त्रीहरु पनि हामीजस्तै माननीय भएरै गएको छ । किन रोकिइरहेको छ । मन्त्रीलाई सचिवले नटेरेको हो कि सचिवले मन्त्रीलाई बुझाउन नसकेको हो ? हाम्रो सरकार छ, किन समाधान हुन सकिरहेको छैन ? यसमा मन्त्रीहरू पनि गम्भीर हुनुपर्छ । सरकारले तुरून्त समाधान गर्नुपर्छ,’ उनले भनिन् ।
कांग्रेसबाट सभापति रहेका शाहले पनि माहोल शान्त पार्ने प्रयास गरेका थिए । सांसद धर्मशीला वाणिज्य सचिव भट्टराईमाथि कड्किँदा शाहले उहाँ(सचिव)ले सबै कुरा कहाँ भन्न सक्नुहुन्छ, मन्त्री नै बोलाउला भनेर भनेका थिए । माओवादी सांसदहरुले चर्को प्रश्न गर्दा सचिव भट्टराई छलफल नसकिँदै सभापति शाहसँग विदा मागेर हिँडेका थिए । छलफलमा माओवादी सांसदहरुले सरकारका सचिवबाट सन्तुष्ट हुनेगरी जवाफ नै नपाएको गुनासो गरेका थिए ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend