काठमाडौं । नेकपा माओवादीले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । आउँदो १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो ।
जसअनुसार प्रचण्डले मोरङकी उर्मिला अर्याललाई प्रदेश २ मा, गण्डकीमा सुरेश आलेमगर र भरत सुनारको नाम टुंगो लगाएका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुुसार आले अन्य कोटा र सुनार दलित कोटाबाट उम्मेदवार बनेका हुन् ।
यस्तै कर्णाली अपांग तथा अल्पसंख्यकबाट सुर्खेत नरबहादुर विष्ट र दलितबाटै सुदूरपश्चिमबाट जगत पार्कीलाई उम्मेदवार बनाइएको छ । एक जना राष्ट्रपतिबाट मनोनित गरिने भएकाले त्यसका लागि रामनारायण बिडारीको नाम अध्यक्ष प्रचण्डले टुंगो लगाएका छन् ।
रिक्त रहेका राष्ट्रिय सभा सदस्यमा यसअघि जुन पार्टीबाट निर्वाचित भएकाले थिए सोही पार्टीलाई छाडिने दिने सत्तारुढ गठबन्धनले निर्णय गरेको थियो । जसअनुसार माओवादी कोटाबाट बिडारी राष्ट्रिय सभामा मनोनीत भएका थिए । फेरि उनैलाई दोहोर्याउन थालिएको हो । तर, एमालेबाट निर्वाचित भएको स्थानमा भने गठबन्धनले भागबन्डा गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend