कपिलवस्तु । एमाले कपिलवस्तु अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । पुस २३ र २४ गते बाणगंगामा हुने जिल्ला अधिवेशन नजिकिँदै जाँदा चुनावी चहलपहल समेत बढेको छ । हालसम्म चार नेताले जिल्ला अध्यक्षमा दाबी गरेका छन् ।
अध्यक्ष दाबी गर्नेमा लुम्बिनी प्रदेश सचिवालय सदस्य डम्मर शर्मा , जिल्ला उपाध्यक्ष बाबुराम खनाल, जिल्ला सचिव बाबुराम आचार्य र शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी रहेका छन् ।
अध्यक्षका प्रत्याशी चार नेता एमाले कार्यकर्ता माझमा चर्चित मानिँदै आएका छन् । आचार्य र शर्मा क्षेत्र नम्बर १, खनाल क्षेत्र नम्बर २ र अधिकारी क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्दै आएका छन् छ । एमालेभित्र सबै गुटको अन्त्य भए पछि निर्वाचन हुने भएमा व्यक्तिगत प्रभाव पर्न सक्ने देखिन्छ । यता एमाले शीर्ष नेतृत्वले सहमतिको लागि प्रयास गर्दै सबै नेतालाई मिलाएर लाने कोसिससमेत गरेको छ ।
लामो समयदेखि अधिवेशन नहुँदा नेतृत्वको लागि जिल्ला नेताहरू बिच तीव्र प्रतिस्पर्धा बढेको छ । एमाले भित्र अध्यक्ष मात्र नभई अन्य पदमा समेत धेरै जनाको उम्मेदवारी पर्ने सङ्केत देखिएको छ । उपाध्यक्ष, सचिव, सहसचिवमा समेत आकाङ्क्षी धेरै देखिएका छन् ।
गुट बनाएर उम्मेदवारी दिन नपाइने नियम भएको हुँदा उम्मेदवारका आकाङ्क्षीहरू प्रतिनिधिसँग भेटघाट र फोनमार्फत मत माग्न सुरु गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend