इलाम । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजावादीहरु कराएर केही नहुने टिप्पणी गरेका छन् ।
इलाम सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले राजतन्त्र नफर्कने भन्दै भने ‘राजावादीहरू ट्याउट्याउ गरेर केही हुँदैन ।’ मुलुककमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै एकतन्त्रीय शासनको कल्पना गर्न नसकिने डा. भट्टराईको भनाइ छ ।
उनले दुई तिहाइ जनमतको सरकार आफ्नै कुबुद्धिले घर न घाटको भएको प्रतिक्रिया दिएका छन् । जनताले विश्वास गरेर मत हालेको भएपनि केपी ओलीले जनताबाट निर्माण भएको संविधान मार्न खोज्दा आफैं सत्ताबाट बाहिरिनुपरेको उनले बताए । ओलीले भ्रष्टाचारको पहाड र कुशासनको शिखर निर्माण गरेको आरोप भट्टराईले लगाए ।
पूर्व प्रधानमन्त्री भट्टराईले २०७२ सालमा बनेको संविधानले पनि जनताले चाहेको सबै परिवर्तनलाई संस्थागत गर्न नसकेको तर्क गरे । ‘संसारमा कुनै पनि परिवर्तन एक्कै झड्कामा पूरा हुँदैन, समय सापेक्ष ढंगले परिवर्तन हुँदै जान्छ’, उनले भने, ‘बाँकी काम पूरा गर्न नथाकेका, नहारेका जिउँदा मान्छेहर फेरि अगाडी आउनुपर्छ ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend