Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस बाँकेमा संस्थापन इतर पक्षले गर्‍याे पदाधिकारी उम्मेदवार घोषणा


    सोमबार, पुष १९ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको २७ पुसमा हुने जिल्ला अधिवेशनमा संस्थापन इतर पक्षका सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सोमबार पदाधिकारी उम्मेदवारहरूको घोषणा गरेको छ । 

    पार्टी कार्यालय नेपालगञ्जमा सोमबार एक कार्यक्रमको आयोजना गरेर पदाधिकारीमा उठ्ने उम्मेदवारहरूको घोषणा गरिएको हो । गौडेल समूहको चुनाव प्रचारप्रसार समिति संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुसालले उम्मेदवार घोषणा गरेका थिए ।

    गौडेल समूहबाट उपसभापति गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशीष) तथा सहसचिवमा रेणु सिंह र विश्वराज लम्साल उम्मेदवार रहने छन् । 

    कांग्रेस लुम्बिनी प्रदेश कमिटीका महामन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता एवं कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको विशिष्ट आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको थियो । 

    जिल्ला सदस्यका उम्मेदवारहरूको घोषणा भने केही दिनपछि चियापान कार्यक्रम राखेर गरिने भुसालले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार