Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कारागारमा रहेका सांसद रेशम चौधरीले श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्दै


    सोमबार, पुष १९ २०७८
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले आफ्नी श्रीमती श्रेष्ठ रञ्जिताको नाममा नयाँ पार्टी गठन गर्ने भएका छन् ।

    चौधरीले आफ्नै अध्यक्षतामा पार्टी गठन गर्न चाहे पनि त्यो सम्भव नभएपछि श्रीमती श्रेष्ठकाे नाममा सोमबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन् । 

    ‘उहाँको नाममा पार्टी दर्ता गर्ने योजना छ, उहाँको नाममा नभए मेरो अध्यक्षतामा पार्टी दर्ता हुन्छ,’ श्रेष्ठले भनिन्।

    स्राेतका अनुसार नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न भृकुटीमण्डपबाट झाँकीसहित निर्वाचन आयोगमा जाँदैछ।

    डिल्लीबजार कारागारमा रहेका चौधरीले पार्टी दर्ताका लागि आफैं निर्वाचन आयोग जान आइतबार कारागार व्यवस्थापन विभाग र निर्वाचन आयोगमा निवेदन दिए पनि आयोग र कारागार विभागले रेस्पोन्स गरेको छैन

    चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा जेलमा छन् । उनले जेलबाटै चुनाव उठेर जितेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार