Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको केन्द्रीय सदस्यमा परे खोटाङका तीन नेता 


    सोमबार, पुष १९ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङका तीन नेता नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य चयन भएका छन् ।

    कमलादीस्थित प्रज्ञा भवनमा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट  आदिवासी जनजातीतर्फबाट रामकुमार राई (पासाङ), दुर्गाजयन्ती राई र खसआर्य महिलातर्फबाट समिता कार्की (अस्मिता) केन्द्रीय सदस्य चयन भएका हुन् ।

    महाधिवेशनको बन्दसत्रमा आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दा तीन नेताको नाम समावेस भएको हो । 

    केन्द्रीय सदस्य बनेका रामकुमार प्रदेशसभा सांसद हुन् । दुर्गाजयन्ती र अस्मिता पूर्वसभासद हुन् । खोटाङकै पूर्वसांसद टंक राई अनुशासन आयोगको प्रमुख बनाउने चर्चा छ । यसअघि पनि उनी अनुशासन आयोगको प्रमुख नै थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार