Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महामन्त्रीमा तीन डाक्टर पराजित


    बिहिबार, पुष १ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कांग्रेस महामन्त्रीमा तीन डाक्टर पराजित भएका छन् । दुई महामन्त्रीका लागि २७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक परिणामअनुसार तीन डाक्टर उम्मेदवार पराजित भएका हुन् । 

    महामन्त्रीमा उम्मेदवारी दिएका तीन डाक्टरमा डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र डा. राजाराम कार्की पराजित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

    उनका अनुसार महतले एक हजार ५५६, रिजालले ८०९ र कार्कीले १०६ मत ल्याएर पराजित भएका हुन् । उनीहरूसँगै प्रदीप पौडेल पनि एक हजार ३९३ मत ल्याएर महामन्त्रीमा पराजित भए । 

    महामन्त्रीमा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका छन् । 

    संयोजक घिमिरेका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३  मत बदर भएको छ ।न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार