Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवेकशील साझामा विवाद: मिश्रले सोधे पाण्डेलाई स्पष्टीकरण, नदिए कारबाही गर्ने चेतावनी


    बुधबार, मंसिर २९ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेसँग स्पष्टीकरण सोधेको छ । बुधबार बसेको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेलाई स्पष्टीकरण सोध्न निर्णय गरेको हो ।

    पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हस्ताक्षर गरेको स्टीकरण पत्रमा पार्टीप्रति आफ्नो जिम्मेवारी बोध नगरी केन्द्री समितिका पछिल्ला कयौं बैठकमा लगातार उपस्थित रहने, दुई तिहाइ भन्दा बढी केन्द्रीय सदस्यले बैठकबाट एकमतले गरेका निर्णय अस्वीकार गर्ने र ती निर्णय तथा पार्टी मूल नेतृत्वविरुद्ध अनर्गल र भ्रमपूर्ण प्रचार गरेको आरोप लगाउँदै त्यस्तो कार्य किन गरेको भन्दै प्रश्न गरिएको छ । 

    त्यस्तै निर्वाचन आयोगमा पटक पटक तथ्यहीन  आरोपसहित निवेनद दिइ किन भ्रम छर्ने कार्य गरेको भन्दै पाण्डसँग जवाफ मागिएको छ । 

    पत्रमा लिखित कारणसहितको स्पष्टीकरण पेस गर्न पुस ४ गतेसम्मको समय दिइएको जनाइएको छ। र, जवाफ नदिए कारबाही गरिने चेतावनी दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार