Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सानेपामा उपसभापतिको मतगणना सुरु


    बुधबार, मंसिर २९ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ ।  

    सोमबार सम्पन्न निर्वाचन अन्तर्गत उपसभापतिको मत गणना ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको हो । 

    दुई जना उपसभापतिका लागि सातजना चुनावी प्रतिस्पर्धामा छन् । महेश आचार्य, विजयकुमार गच्छदार, डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का र सुजाता कोइराला उपसभापतिको उम्मेदवार रहेका छन् । 

    उपसभापतिको सकिएपछि महामन्त्रीको गणना थाल्ने निर्वाचन समितिले जनाएको छ । 

    यसअघि आज विहान सम्पन्न सभापतिको मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालालाई पराजित गरेका थिए 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार