Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभापतिज्यू ! अब गुटको होइन कांग्रेसको सभापति बन्नुहोस्: गगन थापा


    बुधबार, मंसिर २९ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई अबको ‘इनिङ’मा गुटको नभइ सिंगो पार्टीको सभापति बन्न सुझाब दिएका छन् ।

    १४औं महाधिवेशन समापनपछि काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

    कार्यक्रममा उनले अघिल्लो पटक सभापति हुँदा जुन व्यवहार शेरबहादुर देउवाले देखाएका थिए त्यो यसपटक सुधार हुने विश्वास लिएको पनि बताए ।

    उनले भने, ‘अघिल्लो पटक जस्तो वालुवाटार, बुढानिलकण्ठमा गुटको बैठक अब पक्कै हुँदैन होला । उहाँ हामीसँग बैठक बस्नुअघि गुटको बैठकबाट निस्कनु हुन्थ्यो ।’ अब त्यसो नभएर हामी सबैको साथ पाउने गरी उहाँले काम गर्ने उनले बताए । उनले भने, ‘किनकी पार्टी सभापतिको गुट हुनु हुँदैन ।’ उनले कांग्रेसलाई २०६० सालको जस्तो सर्वस्वीकार्य पार्टी बनाउन अनुरोध पनि गरेका छन् । 

    यस्तै, उनले आउँदै गरेको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अझै बलियो बनाउने गरी लैजान पनि सुझाब दिए । उनले भने, ‘अहिले हामी कम्युष्टिहरू नमिले मात्रै जित्ने अवस्थामा छौं । अबको निर्वाचनमा कांग्रेस अरु पार्टी नमिले मात्रै जित्ने अवस्था आउनै दिनु हुँदैन । यसका लागि तत्काल १०–१५ लाख मतदाता थप्ने अभियानमा हामी लाग्नु पर्छ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार