धनगढी । नेकपा माओवादी केन्द्रले चार दिन लगाएर प्रदेश कमिटी घोषणा गरेको छ । केन्द्रले प्रदेशमा दुई सय १९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो । सो कमिटिको पहिलो बैठकले प्रदेश पदाधिकारी घोषणा गर्नेछ ।
कमिटी निर्माण गर्दा प्रदेशका प्रत्येक वडाबाट १-१ जना महिला, दलित, पिछडिएको वर्गलाई समेटिएकाे माओवादी केन्द्र सुदूरपशिचम प्रदेश इन्चार्ज खगराज भट्टले बताए । हाललाई दुई सय १९ सदस्यीय कमिटी निर्माण गरिएकोमा कमिटीको पहिलो वैठकबाट चार जना मनोनयन गर्दै दुई सय २३ सदस्यीय कमिटी निर्माण गरिने इन्चार्ज भट्टले बताए ।
कमिटीको पहिलो बैठकबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष गरी नौ जना पदाधिकारी चयन गर्नेछ । प्रदेश अध्यक्षका लागि धेरै जना आकांक्षी हुँदा माओवादी केन्द्रलाई अध्यक्ष चयनमा भने सकस देखिएको छ । केन्द्रले कैलालीका हरि चौधरीको नाममा सहमति गर्ने आन्तरिक योजना बनाएको भएपछि अन्य आकांक्षीले उनलाई न स्वीकार्दा समस्या भएको बुझिएको छ ।
प्रदेश अध्यक्षका लागि निवर्तमान प्रदेश अध्यक्ष शरदसिंह भण्डारी, प्रदेशका सहइन्चार्ज वीरमान चौधरी, नेपबहादुर चौधरी, बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, प्रदेश कमिटी सदस्य हरि चौधरी, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले अध्यक्षमा दाबी गर्दै आएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend