मकवानपुर । बागमती प्रदेशमा आज नियुक्त भएका पाँच मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम थप गरेका मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्मा र राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १७२ अनुसार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
प्रदेश प्रमुख शर्माबाट श्रम, रोजगार तथा यातायात मन्त्रीमा माओवादी केन्द्रबाट चितवनका घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रीमा एकीकृत समाजवादीबाट काठमाडौंका वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीबाट काभ्रेका वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रबाट काभ्रेका रत्नप्रसाद ढकालले शपथ लिएका हुन् । यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीबाट सिन्धुपाल्चोकका इन्द्रमाया गुरुङले मुख्यमन्त्री पाण्डेबाट आजै शपथ लिएकी छिन् ।
आज बागमतीमा सरकार विस्तार भएसँगै मुख्यमन्त्री सहित ११ मन्त्री र एक राज्य मन्त्रीको सरकार बनेको छ ।
मुख्यमन्त्री पाण्डेले यसअघि नै कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तानलाई सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला, माओवादी केन्द्रका संसदीय दलका नेता सालिकराम जम्मकट्टेलाई आर्थिक मामिला र कांग्रेस सांसद निमा लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
बागमती प्रदेशमा अहिले ८ वटा मन्त्रालय फुटाएर चौध वटा बनाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend