Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन: ह्विलचियर र लौरो टेकेर मतदान


    मंगलबार, मंसिर २८ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । 

    पार्टी सभापति चयनका लागि अपांगता भएका प्रतिनिधिहरु ह्विलचियर र लौरो टेकेर मतदान गर्न मतदानस्थल राष्ट्रियसभा गृह पुगेका छन् । उनीहरुलाई लाइन नलागी मतदान गर्ने व्यवस्था गरेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । 

    सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन् । पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार