काठमाडौं । नेपाली कांग्रेसकाे जारी १४औँ महाधिवेशनमा प्रतिनिधि हुन पाउँदा सर्लाहीकी ६० वर्षीया धनमन्तीदेवी यादवकाे मनमा खुसीको सीमा नै थिएन । उनी २४ मंसिरकाे बिहानै काठमाडौं आइपुगिन् ।
पहिलाे चरणकाे मतदान पनि साढे ५ घण्टा लाइनमा बसेर करिब ५० मिनेट लगाएर गरिन् । तर, पहिलाे चरणको मतदानबाट सभापति टुङ्गिएन । दाेस्राे चरणकाे मतदान हुने भयाे । मंगलबार दिउँसाे ३ बजेदेखि मतदान हुने भनेपछि उनले अघिल्लो दिन साढे पाँच घण्टा लाइनमा बसेकाे सम्झिन् । अनि छिट्टै गरी लाइनमा बस्न भनेर सवा १ बजे सभागृह आइपुगिन् । तर, उनलाई धेरैले उछिनिसकेका थिए ।
साढे डेढ घण्टा लाइनमा बसिन्, तर मतदान गर्ने पालाे त परकाे कुरा सभागृहकाे मुख्य प्रवेशद्वारबाट भित्र छिर्न समेत पाइनन् । लाइनमा बस्दाबस्दै उनलाई एक्कासि टाउकाे दुख्याे, चक्कर लाग्याे । उनी ढलिन् ।
`लाईनमा बस्दाबस्दै ढलेँ । त्यसपछि पानी खाएँ अनि एकछिन बसेँ । अलिक सन्चाे भएजस्ताे भयाे,´ उनी भन्छिन् । उनी मधुमेह र मुटु राेगबाट पीडित रहिछन् । त्यसैले भिडभाडमा लामाे समयसम्म उभिँदा सन्चाे हुन्न । बिरामी भए पनि उनकाे मन मतदान नगरी फर्कन मानेन ।
`म पहिल्यैदेखि राेगी छु । आज लाइनमा ढलेपछि बिरामी हुँ भन्दै लाइन नबसी भित्र छिर्न खाेजेँ । प्रहरीहरूलाई हात जाेडेँ । तर, हाम्रो कुरा कसले सुन्ने ?,´ उनले भनिन् ।
बिरामी हुँ भनेर पटकपटक उनले सुरक्षाकर्मीहरूलाई भित्र छिर्न दिन अनुरोध गरे पनि छिर्न पाइनन् । त्यसपछि उनी दिक्क हुँदै सुरक्षाकर्मीहरूकै आडमा चिसाे भुइँमा थचक्क बसिन् । उनी त्यहीँ बसिरहँदा थुप्रै भीभीआईपीहरू सरसर्ती भित्र छिरे । तर, उनी छिर्न पाइनन् । अनि उनकाे मन कुँडियाे । चित्त दुख्याे ।
`ठूला मान्छेलाई सजिलै भित्र छिर्न दिने, लाइन बस्न नपर्ने । बिरामीलाई भने भित्र छिर्न दिनुस् भनेर हात जाेड्दा पनि नदिने´, उनी दु:ख मान्दै भन्छिन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend