काठमाडाैं । नेपाली काँग्रेस महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले दोस्रो चरणमा हुन लागेको मतदानमा सभापतिका उम्मेदवार शेखर कोइरालालाई मतदान गर्न अपील गरेका छन् ।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टी रुपान्तरण र नेतृत्व परिवर्तनका पक्षमा रहेका महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणमा हुने मतदानमा कोइरालालाई भोट हाल्न आग्रह गरेका हुन् ।
महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले जारी गरेको अपिलमा इतिहासले असाधारण निर्णय लिन आह्वान गरिरहेको उल्लेख गरिएको छ।
उनले भनेका छन्- सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा तपाईंको चाहना हो भन्ने म ठान्दछु । अब त्यो चाहनालाई मतपत्र मार्फत प्रकट गर्ने क्षण आएको छ । नेपाली कांग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दुरगामी महत्वको निर्णय गर्ने क्षण हो। यस घडीमा इतिहासले हामीसँग त्यही असाधारण निर्णय लिन आह्वान गरिरहेको छ ।
उनले अहिले महाधिवेशन प्रतिनिधिले लिने निर्णयले दुरगामी प्रभाव पार्ने र गल्ती गरे इतिहासले माफी नदिने बताएका छ न्।
‘समुन्नत नेपाल सम्मानित नेपाली’ को सपना गर्न चाहिने वैचारिक स्पष्टता, सांगठनिक आधार र जुझारु नेतृत्व कोइरालासँग भएकाे भन्दै उनले यसपटक समयले सुम्पेको कार्यभारलाई आफ्नो कार्मद्वारा प्रमाणित गर्न अपील गरेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend