Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभापति पदमा देउवाकाे माेह, प्रकाशमानलाई फकाउन ठमेल पुगे


    मंगलबार, मंसिर २८ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि नेपाली कांग्रेस सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाकाे दाैडधुप चलेकाे छ । 

    यसअघि आफू निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरलाई नेता प्रकाशमान सिंहसँग कुरा गराएका देउवा अहिले सिंहलाई भेट्न आफै ठमेलको चाक्सीबारी पुगेका छन् । यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । 

    सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् ।

    दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा हुने छ । त्यसैले तेस्रो स्थानमा रहेका प्रकाशमानलाई आफ्नो पक्षतिर तान्न देउवा र कोइराला प्रयासरत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार