Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामचन्द्रलाई फकाउने देउवाकाे मेसाे, भने- उहाँले देशको लागि ठूलो भूमिका निर्वाह गर्न बाँकी नै छ


    मंगलबार, मंसिर २८ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलकाे प्रसंशा गर्दै राजनीतिमा सक्रिय रहन आग्रह गरेका छन् ।

    मंगलबार पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान समारोहमा बोल्दै देउवाले पौडेलले देशको लागि धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी नै रहेको बताउँदै राजनीतिमा सक्रिय रहन आग्रह गरेका हुन् ।

    कार्यक्रममा देउवाले भने- ‘रामचन्द्रजीको यो पार्टीमा धेरै योगदान छ’ उनले भने, ‘उहाँले आयोजना गरेको चियापानमा सहभागी हुन पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु ।’

    उनले पौडेलले देशको लागि धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी नै रहेको बताए । ‘तपाईं हामी सबैको नेता हो’ उनले भने, ‘भोलिका दिनमा तपाईंले धेरै ठूलो भूमिका निर्वाह गर्नुपर्ने छ ।’

    चियापान समारोहमा देउवाको सन्देश थियो, ‘एक भएर अगाडि बढौं । राष्ट्रलाई योगदान गर्न सकौं । लोकतन्त्रको रक्षा गर्न सकौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार