Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइराला भिड्दै, दिउँसो साढे ३ बजेदेखि मतदान


    मंगलबार, मंसिर २८ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसको सभापति चयनका लागि सोमबार भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि आज फेरि मतदान हुने भएकाे छ । 

    केन्द्रीय निर्वाचन समितिका एक सदस्यका अनुसार  कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति चयन गर्न आज अपरान्ह ३:३० बजेबाट दोस्रो चरणको मतदान गर्ने तयारी भएरहेको छ ।

    आजको मतदानमा पनि हिजोजस्तै ३ मतदान स्थलमा मतदानको व्यवस्था गरिने छ।

    दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला भिड्दै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार