Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई ५१ प्रतिशत पुग्न २९४ मत आवश्यक, दोस्रो चरणमा मतदान हुने संभावना बढ्दै


    मंगलबार, मंसिर २८ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणना राष्ट्रियसभागृहमा जारी छ ।

    पछिल्लो जानकारी अनुसार ४ हजार २ सय ७६ मतगणना सकिएको छ । जसमा सभापति पदका आकांक्षी प्रधानमन्त्री शेरबहादुर देउवाले २०४६ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी डा. शेखर कोइरालाले १६१५ मत पाएका छन् । देउवाले ४३१ मतले अग्रता हासिल गरेका छन् । तर पनि जितका लागि ५१ प्रतिशत मत ल्याउनैपर्ने भएकाले देउवालाई २९४ मत आवश्यक पर्दछ । अब ४०३ मत गन्न बाँकी छ । 

    सभापतिका उममेदवार देउवालाई पहिलो चरणमा सभापति जित्न कठिन बन्दै गएको देखिन्छ । त्यही भएकाले उनले दोस्रो चरणमा जानुपर्ने संभावनालाई मध्यनजर गर्दै बालुवाटारमा आफू निकट नेताहरुलाई बोलाएको स्रोतले बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार