Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कांग्रेसको १४ औं महाधिवेशन:साँझ ७ बजेसम्म ३३ सयले गरे मतदान


    सोमबार, मंसिर २७ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सोमबार मतदान भइरहेको छ । 
    आज सोमबार मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा साँझ ७ बजेसम्म ३३ सय मत खसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन्।
    कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

    काँग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ मध्ये १३२ पदमा  निर्वाचन हुने भएको छ भने दुई जना निबिरोध निर्वाचित भइसकेका छन् । र बाँकी ३३ सदस्य केन्द्रीय समितिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार