काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको छ ।
कांग्रेसकाे नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ४७२३ जना महाधिवेशनले मतदान गर्ने मतदानमा दिउँसो २ बजेसम्म करिब ६ सय मत खसेको छ ।
मतदान गर्नका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई ४५ देखि ५५ मिनेटसम्म लागेको जानकारी दिए।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।