काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ । १३४ मध्ये २ पदमा निर्विरोध निर्वाचित भएपछि १३२ पदका लागि निर्वाचन हुँदैछ । सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा नै छन् ।
पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले नेपाली कांग्रेस ठेकेदार, गुण्डानाइके र अरबपतिहरुको कब्जामा गइसकेको पीडा सामाजिक संजालमा प्रकट गरेका छन् ।
नेपाली कांग्रेस अरबपति, ठेकेदार र गुण्डाहरुको कब्जामा गएको चर्चा भइरहेको बेला देउवाले आफ्नो टीमबाट गुण्डानाइके गणेश लामा नै केन्द्रीय सदस्यको उम्मेदवार बनाएका छन् । देउवा समूहले महाधिवेशनस्थल राष्ट्रियसभागृहमा बितरण गरेको आधिकारिक प्यानलको सूचीमा लामाको नाम छ ।
२०७४ फागुन ३० गते काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि पुगेको प्रहरी टोलीले गणेश लामालाई पेस्तोलसहित पक्राउ गरेको थियो । उनको साथबाट पेस्तोल र ६ राउण्ड गोली बरामद भएको थियो ।
खुल्ला केन्द्रीय सदस्य ३५ जनामा लामा देउवाको प्यानलका केन्द्रीय सदस्यका उम्मेदवार हुन् । क्रमसंख्या १७ मा लामाको नाम छ । यसअघि अर्का गुण्डानाइके राजु गोर्खालीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । तर उनले उम्मेदवारी फिर्ता लिएका छन् ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend