काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ कार्यसमितिका लागि आज मतदान हुँदैछ । १३४ मध्ये २ पदमा निर्विरोध निर्वाचित भएपछि १३२ पदका लागि निर्वाचन हुँदैछ । नेता पौडेलले संस्थापन इतरमा सभापतिका लागि साझा उम्मेदवार खडा गर्न प्रयास गरेको भए पनि नसकेपछि आफू सभापतिको रेसबाट बाहिरिएका थिए । उनले डा. शेखर कोइरालालाई सभापतिमा समर्थन गरेका छन् ।
पौडेलले प्रष्ट रुपमा डा. कोइरालालाई समर्थन गरिसकेका छन् । तर निर्वाचनको अघिल्लो दिन आइतबार राति कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेको हल्ला फैलाइएपछि उनका छोरा चिन्तन पौडेलले उक्त हल्ला गलत भएको भन्दै सामाजिक संजालमा खण्डन गरेका छन् ।
एकाएक देउवालाई समर्थन गरेको भनी हल्ला चलाइएपछि पौडेलका छोरा चिन्तनले सामाजिक संजाल फेसबुकमा यो समाचार गलत भएको भनी लेखेका छन् । उनले लेखेका छन् ‘यो समाचार गलत हो । मैले बुबाले देउवालाई समर्थन गर्नुभएको छ भनेँ भनेर लेखिएको कुरा भ्रमात्मक हो । यो महाधिवेशनमा बुबा बिलकुलै निष्पक्ष र तटस्थ रहनु भएको छ ।’ उनले अगाडि लेखेका छन्, ‘त्यसैले मलाई कोट गरेर भनिएको कुरा गलत हो । यस्ता गलत प्रचार नगर्न अनुरोध गर्दछु ।’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend