Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेसको १४औँ महाधिवेशन १३२ पदका लागि मतदान आज


    सोमबार, मंसिर २७ २०७८
    785
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि  बिहानैबाट मतदान सुरु हुने भने पनि अहिलेसम्म सुरु भएको छैन्। नेपाली कांग्रेस पार्टीको १४ औं महािधवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आज बिहानै मतदान सुरु हुने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको थियो।

    समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको थियो। कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन्। अब १३२ पदका लागि मतदान हुनेछ।सबै पदका लागि मतदान सकिए लगत्तै सभापति पदको मतगणना सुरु हुने छ। कांग्रेसको विधानअनुसार सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने उल्लेख छ। यदि कुनै उम्मेदवारले खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ।दोस्रो चरणको मतदान भएमा पनि राष्ट्रिय सभागृहमै मतदान हुनेछ र मतगणना पनि सभागृहमै हुनेछ। पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

    निर्वाचनमा मतदानका लागि ८७ वटा मतपेटिकाको व्यवस्था गरिएको छ। त्यस्तै, निर्वाचनमा २९ वटा मतपत्र प्रयोग गरिने समितिले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार